Monday, November 7, 2016

योग ज्योतिष र मनुष्य !

जिवनको निश्चित आयुमा जब यो योगको स्ंयोग पर्न जान्छ सो पछि पैतृक धन सम्पति राज्यसत्ता आदिवाट बिमुख समेत हुनु पर्ने हुन्छ | स्वास्नी छोरा हरुको माध्यामबाट समेत पिडित प्रताडित भैरहनु पर्छ | निरर्थक अपजस सहित भडकिरहनु पर्ने हुन सक्छ।

                            

श्री  गणेशाय नम ! श्री मंगल मुर्तये नम : ज्योतिष शास्त्रमा योग भनेको के हो? भनिन्छ मन्दिरमा भोग, अष्पतालमा रोग र ज्योतिषमा " योग" को अत्यन्तै ठुलो महत्व हुन्छ | योग शब्दलाइ विस्तृत रुपले व्याख्या गरि रहनु पर्ने जरुरी पनि छैन | योग मिलनको पर्याय हो | दुइवटा अलग-अलग वस्तुको मिलन लाइ योग र बिछोड लाइ बियोग भनिन्छ | एक भन्दा धेरैप्रकारका ग्रहहरुको स्थितिको विशेष खाले ताल मेल लाइनै "योग" भनिन्छ। योगका आधारमा गरिएका भविष्यवाणिहरु धेरै बैज्ञानिक र सटिक हुन्छन "योग" नै फलित ज्योतिषको आधार स्तम्भहो यदि योगलाइ बुझ्न थोरै पनि त्रुटी भयो भनेपनी सम्पुर्ण फलित ज्योतिषको स्थम्भनै धरासायी हुन् पुग्छ | त्यसैले "योग" बिना फलित ज्योतिषको कल्पना पनि गर्न सकिदैन।

वस्तुत ज्योतिष शास्त्रका दुइ पाटा हरु छन : प्रथम गणित, दोश्रो फलित- गणित एउटा गणनात्मक प्रकृयाहो जसको स्थान क्याल्कुलेटर र कंप्युटरले लिइसकेका छन त्यसैले मान्छेको महत्व पनि विसर्जित भैरहेकोछ किनभने कंप्युटरले मानिशले भन्दा छिटो छरितो र सुक्ष्म भन्दा सुक्ष्म गणितको समाधान गरिदिन्छ | ज्योतिशको सबैभन्दा चमत्कारी र रोचक पक्ष चाँही फलित हो | कंम्पुटर आजसम्म फलादेश गर्न पुर्ण सफल भएको छैन किनकी फलादेश अनुभवगम्य चिज हो | त्यसैले कंम्पुटर संग मेमोरी शक्ती भएपनी अनुभव भने छैन।

फलादेशको सत्यता इस्वरिय कृपामा अवलम्वित छ | ज्योतिषमा इशोरिया कृपा अनिवार्य छ | यसै वाट ज्योतिषको शुगन्ध फैलिन छ अन्यथा शुगन्ध नभएको पुष्प बरावर हुन्छ | इस्वरिय कृपा साधनाले मात्रै प्राप्ती हुन्छ, कलकारखाना मेशिनले साधना गर्न सक्दैनन किनकी ति निर्जिव छन त्यसैले कंम्प्युटर लगायतका मेशनरी साधनहरु मानिसका लागी सहायक भएपनी साध्य चाँही होइनन।
हाम्रा पुर्वज ऋषी-मुनि हरुद्वारा प्राचिन ग्रन्थ हरुवाट "योग" हरुको संकलन गरेर ब्यावाहरिकतामा ढाल्दै यसको सत्यताको परिक्षण समेत गरि सकिएको छ ।

(१) केमद्रुम योग-: यो ज्योतिष शास्त्रको पौराणिक र अति दुर्लभ ग्रन्थ मानसागरिमा भनिएकोछ कि केमद्रुम भवती पुत्र कलत्र हिनो ।

" देशान्तरे वज्रती दुख समाभी तप्त।।
ज्ञाती प्रमोद निरतो मुखर:कु चैलो।
निच:सदा भवती भिती युत शिचरायु:।।
योगे केमद्रुमे प्राप्ते यस्मिन कश्मिश्री जातके।
राजयोगा विनश्यती, हरि दुष्वां यथा द्विपा:।। "


अर्थात जव चन्द्रमा कुनै पनि अन्य ग्रहवाट युक्त हुदैन चन्द्रमाबाट द्वितिय तथा द्वादस स्थानमा पनि कुनै ग्रह बस्दैन र कुनैपनी शुभ ग्रहले चन्द्रमालाइ हेरि रहेक हुदैन भने केमद्रुम "योग "बन्न जान्छ | जन्मपत्रीका सयकणौं राज्योग र मंगलकारी योग बने पनी एउटा केमद्रुम "योगले" एउटा सिंहले सहर्ष हात्तिको समूहलाइ भगाइ दिए जसरि सबै खाले राजयोगलाइ नष्ट गरिदिन्छ त्यसैले भनिन्छ यो योग दुखको मुल हो।
जिवनको निश्चित आयुमा जब यो योगको स्ंयोग पर्न जान्छ सो पछि पैतृक धन सम्पति राज्यसत्ता आदिवाट बिमुख समेत हुनु पर्ने हुन्छ | स्वास्नी छोरा हरुको माध्यामबाट समेत पिडित प्रताडित भैरहनु पर्छ | निरर्थक अपजस सहित भडकिरहनु पर्ने हुन सक्छ।


Sunday, November 6, 2016

नेपालमा फेरी आउँछ राजतन्त्र !

                                       हृदयन्द्रसंग फर्किन्छ राजसंस्था |

पूर्व नवयुवराज हृदयन्द्र विर बिक्रम शाहदेवको न्वारनको नाम दोलेन्द्र शाह हो | मिन राशी, रेवती नक्षत्र,पूर्व क्षितिजमा तुला लग्नको उदय हुँदा मौसुफको जन्म भएको हो | लग्नका स्वामी एकादश भावमा बसेको र चारवटा ग्रह बृहस्पती,मंगल , बुध र सूर्य केन्द्र भावमा रहेका हुदा चक्रवर्ति राजयोगको संयोग बनेको छ | नवांन्शेश सूर्य आयस्थानको स्वामिभै उच्च बृहस्पतिका साथ दसौं भावमा बसेको हुदा भारथी योग जन्मपतृकामा परेकाले अत्यन्त लोकपृयभै बिशिष्ठ राजयोगको संभावना देखिन्छ |उच्च बृहस्पतिका साथ बसेको मंगलले निच दोष भंगभै विपरित निचभंग राजयोग बन्न आउने हुदा अध्यन अध्यापनमा सफल, सामाजिक क्षेत्रमा लाभ ,साहित्य, कला संगितमा एकादश शुक्रले बिशेष प्रभाव पारेको देखिन्छ | राज्य स्थानका स्वामी, भाग्य स्थनमा गएर बसेकाले भाग्यले खुवै साथ दिने देखिन्छ |  तृभागी दशामा १२बर्षको उमेर देखी १६बर्षको उमेर सम्म केतुको दशा जन्मेर १७ बर्षको उमेर सम्म बुधको महादशा र योगिनिमा जन्मेर ६बर्ष उल्का त्यसपछी १३ बर्ष उमेर सम्म सिद्दा र १४बर्ष देखी २१ बर्ष उमेर सम्म संकटाको पाली देखिन्छ | त्यस पछिको १ बर्ष सम्म मंग्लाको पाली रहनेछ | संपुर्ण नवग्रह शान्तिको लागी श्री पशुपतिनाथको पुर्ण अभिशेक, कामख्या माँइको सहर्स पुजा अर्चना मोति मुँगा र पुषराज, भुमि र काली कैली गाइको दान ब्राम्हण भोजन आदि गराउनाले शुभ र मंगलकारी हुनेछ।

घटिया राजनीति बुझ्नु जरुरि |

भागवण्डा र खिचातानिको प्रतिफल स्वरुप कैयौं बर्ष सम्म महत्वपुर्ण कुट्नैतिक नियोग र संबैधानिक निकाय हरु नाममा मात्र सिमित हुन पुगे तरपनी देशको ताला-चावी हातमा पारेर बसेका हरुका मन मष्तिष्कमा इमान्दारी र जिम्मेवारिको दियो बल्न सकेन

picture source: cartoons.meronepalma.com

लामो समय देखी संस्थागत हुदै आएको दण्डहिनताको परिणाम स्वरुप आज देशका कानुनी हुन वा सम्बैधानिक, सबै अंग र निकाय हरु कमजोर र निरिह बन्दै गइरहेको कुरा हामी कसै वाट पनि छुपेको छैन, खास गरि २०४६ सालको राज्नैतिक परिवर्तन पछि देखा पर्न थालेको राजनैतिक भ्रष्टाचार, दण्डहिनता दलगत र राजनैतिक स्वार्थका लागि शक्ति दुरुपयोगले माओवादी हंगमा हुदै २०६३ को परिवर्तन पछि संस्थागतरुप धारण गरि सकेको कुरा सन २०१३ मा प्रकाशित भ्रष्टाचार सम्बन्धि एक बैदेशिक सर्भेक्षणले नेपालमा भैरहेका भष्टाचार मध्ये ७० प्रतिशत चाँही राजनैतिक भ्रष्टाचारनै हो भन्ने समेतको रिपोर्ट प्रकाशित गरेवाट पनि भ्रष्टाचारको मुहान र कुण्ड कहाँ रहेछ र त्यस्ले राष्ट्रलाई कसरी खोक्रो पारी रहेको रहेछ भन्ने कुरा बुझन कठिन हुने देखिएन | भागवण्डा र खिचातानिको प्रतिफल स्वरुप कैयौं बर्ष सम्म महत्वपुर्ण कुट्नैतिक नियोग र संबैधानिक निकाय हरु नाममा मात्र सिमित हुन पुगे तरपनी देशको ताला-चावी हातमा पारेर बसेका हरुका मन मष्तिष्कमा इमान्दारी र जिम्मेवारिको दियो बल्न सकेन | अदालतका अन्तिम फैसला, आदेश र निर्णयले दोषी प्रमाणितभै कानुनका दायरामा रहनु, बस्नु पर्ने अपराधी हरु र फरार अभियुक्त हरुलाइ देशका सरकार प्रमुख हरु स्वयम्ले आफ्ना भान्सा,कोठामा लुकाइ फौज्दारी न्यायप्रणाली लाइ नै चुनौती दिदै प्रचलित र मौजुदा कानुनका व्यवस्था हरुलाइ नै साघुँर्‍याउने गरिका परिपत्र हरु जारी गरिदै गए | यसवाट कानुनी राज्यको उपहाँस मात्रै होइन बिस्व रंगमन्चमा नेपाल एक राष्ट्र होकि कुनै ब्याक्तिगत वा निजि आय-आर्जन गर्न खोलिएको निकायहो भन्ने कुरा छुट्टाउन समेत गारो देखिदै गयो | 

मौजुदा संबैधानिक वा अन्य निकाय हरुमा हुनु पर्ने वास्तविक नियुक्ती हरुमा योग्य र क्षमतावानलाइ पन्छाउदै राजनैतिक र आर्थिक वजनदार हरुलाइ भित्राइदै जनाकांक्षा र लोक मतको खिल्ली उडाइ प्रतिष्थापन गरिएका हरु मद्ये कोहिले दलगत बिधानलाइ अटेरी गरि दिंदा आज उस्का जन्म-दाता र अन्न-दाताहरु राँडो, रुवाइ, रुइ रहेका छन-नरुउन पनि कसरि आफैले वरदान दिएकाहरु मध्येका मुख्यनै भष्मासुर बनिदिएपछी कस्को केलाग्दो रहेछ र ? खासगरी तिन बर्ष अघि न्याय मूर्ति समेत रहेका सरकार प्रमुख, विर्स्थातम न्यायमुर्तीहरु र चल्तिका दलहरुका सर्वेसर्वा हरुको जुगल्बन्दीबाट जन्मिएर अहिले "ए माले" र "ए माओवादी" हरुका लागी भष्मासुर साबित भएका, निलंवित भनिएका, अख्तियार प्रमुक कार्कीका गतिबिधी, योग्यता र आचरणको भरपुर खोजी र अनुसन्धान हुने भएछ तर अनुसन्धानको आधार चाँही अदालत समेतलाइ नटेरी आफै समानान्तर सरकार चलाउन थालेको भन्नेनै रहेछ | यसमा मलाइ ताजुव र उदेक लागेको कुरा पनि भनी हाल्न मन लागो किनकी मैले जाने-बुझे सम्म सम्मानित सर्वाच्च अदालतलाइ नटेरने बद्मास हरुलाइ अदालत स्वयमंलेनै उचिछन् त दण्ड गर्न सक्छ |फेरि अदालतलाइ कुन कामको लागी कुन तरिकाले नटेरेकोहो भन्ने समेतमा न्यायालयले विवेक देखाउछ नै | यदि अदालतको म्याद पुर्जी तामेल हुन अवरोध गरेर अटेरी गरेका हुन भने सो बाहेकका वैकल्पिकबाटा हरु छन छैनन | सोको प्रयोग भएको छ छैन, सो पनि त हेरिएला| फेरि आजको सवल र सहज म्याद तामेलिको दुनियामा विधुतिय माध्यम र राष्ट्रिय अखवार मारफत सहजै हुनसक्ने ठानेरनै अदालतले सो तर्फ आफ्नो कार्वाही जरुरी ठानेन होला | फेरि सक्षम अदालत्ले मेरो अधिकार भन्दा तिम्रो, अधिकार प्रभाव कारी छ, कारवाही गरिदेउ भनेर संसद लाइ अनुरोध गरेकोछ र ? फेरि मजेदार कुरा के छ भने सम्मानित अदालतमा लोकमानको योग्यताकै बिषयको कुरा विचाराधिन छ भने महाअभियोग दर्ताकर्ता हरुको आधार र दलिलहरु पनि उनको योग्यता, क्षमता, दक्षता र स्वभाव भन्दा अलग नदेखिएको र त्यसको परिणाम समेत उनको पदमुक्ती संगै रहेकाले अदालमा बिचाराधिन बिषयमा संसदमा छलफल हुन सक्छ या सक्दैन भन्ने तर्फ समेत बिचार हुनु जरुरिछ |

Saturday, November 5, 2016

खोक्रो रास्ट्रियवाद |

गैर संम्बैधानिक टिके चुनावी अध्यक्षले गराएको निर्वाचन र अबैध निर्वाचनले जन्माएका ६०१ हरु जति सक्षम र जायज छन ?              


अस्ति मात्रै टेलिभिजनबाट एकजना, प्रचण्डका पुजारी  कालो कोट धारण गरि : "लोकमानले अदालत लाइ टेरेनन, उनले अहिले सम्म कुनै परिक्षा नै पास नगरी पनि जागिर खाँदै छ्न ,उनि एउटा ब्याक्ती नभएर प्रभृती हुन, त्यसैले अब उनि पदमा बस्नै हुदैन, बस्नै हुदैन" भन्दै कुर्लदै थिए | उनको यो भनाइ बाट एकछिन त म रणभुल्लमा परे अनि समालिदै सोँचे र मनमनै भने पनि "कालो वस्त्र भित्रको सेतो झुठ भनेको यहि होला | "  फेरि उनले आफ्नो धर्म पनि त निभाउनु परोनी भन्दै चित्त बुझाउनै लागेको थिंए तर मन अर्कै तिर दौडिदै भन्यो: " ए साँची  ति पुजारी लोकमानको नियुक्ती ताका यहि कुरा आफ्ना इष्टदेव लाइ सुझाइ दिएको भए मुलुक भित्र समय र पैसाको यति बिघ्न नोक्सान हुने थिएन होला |" के गर्नु गोर्खाली बुद्धी, पछि आँउदो रहेछ तर कृष्ण बस्त्रधारी ति  प्रचण्ड उपासक लाइ मेरो प्रश्न के छ भने संबिधानसभा बिघटन भएपछी अर्को चुनाव गर्ने कुरा र बहालवाला न्याय पालिका प्रमुख एकैसाथ कार्यपालिका प्रमुख समेत भै देश हाक्नु कुन विधिशास्त्रीय दृष्टिकोण थियो त? गैर संसदिय र गैर संम्बैधानिक टिके चुनावी अध्यक्षले गराएको निर्वाचन र अबैध निर्वाचनले जन्माएका ६०१ हरु जति सक्षम र जायज छन ? टिके अध्यक्षलेनै जन्माएका लोकमान पनि त्यतिनै जायज कुन मानेमा छैनन् त ? के सो बेलाका सर्वस्विकार्य प्रमुख खिलराजले सर्वदलिय सहमती बाट नियुक्त गरेका लोकमानको योग्यता, क्षमताको एकै बिषयमा दुइ निकायमा सुनुवाइ हुनु भनेको दोहोरो खतराको सिद्धान्त हो होइन? यसले सुभिधा र सन्तुलन लाइ खलल पार्दैनर?अदालतका म्याद तामेलिका वैकल्पिक बाटा हरुको प्रयोग नै नगरी अदालतको आदेश मानेन भन्न सक्नुहुन्छ तपाँइ? एउटा कुरा इमान्दारी साथ जनतालाइ भनिदिनुहोस, कृष्णवस्त्र धारी कलियुगी महाँपुरुष खिलराजजिले कार्यकारी प्रमुख हुन कुन चुनाव जित्नु भएको थियो त ? तर पनि आवश्यक्ताको सिद्दान्तले यो कदम न्यायको कसिमा उपयुक्तनै देखियो नी? फेरि भन्न सक्नु हुन्छ महासय भ्रष्टाचारको प्रश्न उठि सकेपछी ल्याएको महाँअभियोग भित्र सौदाबाजीको गुन्जाइस छदैछैन भनेर? के उपरोक्त किसिमका हस्तक्षेपले भावी अनुसन्धान कर्ताको मनोबल कायमै रहन सक्ला ? केपि र प्रचण्डले संसदिय पद्धतिकै दुरुपयोग गरेरै भएपनी अख्तियारको डण्डा बाट बच्नैपर्ने किन ? हिजो भ्रष्टाचारमा सजाय पाएर पनि आज जनताका सबैभन्दा प्रिय नेता बन्न सकिदो रहेछ भन्ने कुरा प्रभावसालि नेता खुमबहादुर बाट सिक्दा केनै नोक्सानी हुने थियो र ? अन्त्यमा छातिमा हात राखेर भन्न सक्नुहुन्छ, देश अत्यन्त गरिब झन गरिब हुदै जाने तर सडक छाप नेता हरु धनी अत्यन्तै धनी हुँदै जानुको प्रमुख कारण सस्थागत भैसकेको राजनैतिक भ्रष्टाचार होइन भनेर?

नेपाल को राजनीति- खै कसले बुझ्यो?

प्रचण्ड्ले मिलिसको भनेको कुराको कँही कतै खण्डन प्रतिकार समेत नदेखिनुलाइ भने सार्भौं नेपाली जनताले कुन अर्थमा बुझ्नेहुन  पक्कै देखन भने पाइएला

                                           
पुष्प कमल दाहाल |


प्रधानमन्त्री प्रचण्डले भारत वाट फर्किने बित्तिकै अब लोकमान र अदालत संग कुरा मिलि सकेकोले कसैले डराउनु पर्दैन भनेर पार्टी भित्र भनेका कुरा छापा हरुमा मुख्य समाचार बनेर आएको थियो | संयोग भनु या के भन्ने त्यसको दश दिन पुग्दा नपुग्दै लोकमान माथी अविस्वास प्रस्ताव दर्ता भइदियो | नेपालको राजनितिमा नसोचे नसंझेका घटना हरु घटित हुन थालेको पनि धेरै भैसक्यो, अस्ति भर्खर अख्तियार प्रमुख लोकमान भन्दै थिए : "प्रधान न्यायाधिस मेरा नजिककी नातेदार हुदा सर्बोच्चमा मेरा बिरुद्ध बिचाराधिन मुद्धा वहाले हेर्नै मिल्दैन" , उनको सो भनाइ भुइमा खस्न नपाउदै, सर्वाच्च  बाट उनि संग प्रधान न्यायाधिसको कुनै नाता पर्दैन भनेर खण्डन आइ हाल्यो | सबैले सकरात्मक रुपमा पनि लिए, अदालतलाइ विवादमा  तान्न खोज्ने हरु निस्तेज भएर गए | हामिले पनि देखेको कुरा हो, तर प्रचण्ड्ले मिलिसको भनेको कुराको कँही कतै खण्डन प्रतिकार समेत नदेखिनुलाइ भने सार्भौं नेपाली जनताले कुन अर्थमा बुझ्नेहुन  पक्कै देखन भने पाइएला।