हृदयन्द्रसंग फर्किन्छ राजसंस्था |
पूर्व नवयुवराज हृदयन्द्र विर बिक्रम शाहदेवको न्वारनको नाम दोलेन्द्र शाह हो | मिन राशी, रेवती नक्षत्र,पूर्व क्षितिजमा तुला लग्नको उदय हुँदा मौसुफको जन्म भएको हो | लग्नका स्वामी एकादश भावमा बसेको र चारवटा ग्रह बृहस्पती,मंगल , बुध र सूर्य केन्द्र भावमा रहेका हुदा चक्रवर्ति राजयोगको संयोग बनेको छ | नवांन्शेश सूर्य आयस्थानको स्वामिभै उच्च बृहस्पतिका साथ दसौं भावमा बसेको हुदा भारथी योग जन्मपतृकामा परेकाले अत्यन्त लोकपृयभै बिशिष्ठ राजयोगको संभावना देखिन्छ |उच्च बृहस्पतिका साथ बसेको मंगलले निच दोष भंगभै विपरित निचभंग राजयोग बन्न आउने हुदा अध्यन अध्यापनमा सफल, सामाजिक क्षेत्रमा लाभ ,साहित्य, कला संगितमा एकादश शुक्रले बिशेष प्रभाव पारेको देखिन्छ | राज्य स्थानका स्वामी, भाग्य स्थनमा गएर बसेकाले भाग्यले खुवै साथ दिने देखिन्छ | तृभागी दशामा १२बर्षको उमेर देखी १६बर्षको उमेर सम्म केतुको दशा जन्मेर १७ बर्षको उमेर सम्म बुधको महादशा र योगिनिमा जन्मेर ६बर्ष उल्का त्यसपछी १३ बर्ष उमेर सम्म सिद्दा र १४बर्ष देखी २१ बर्ष उमेर सम्म संकटाको पाली देखिन्छ | त्यस पछिको १ बर्ष सम्म मंग्लाको पाली रहनेछ | संपुर्ण नवग्रह शान्तिको लागी श्री पशुपतिनाथको पुर्ण अभिशेक, कामख्या माँइको सहर्स पुजा अर्चना मोति मुँगा र पुषराज, भुमि र काली कैली गाइको दान ब्राम्हण भोजन आदि गराउनाले शुभ र मंगलकारी हुनेछ।सम्पर्क:मलाई पछ्याउनु होस् |


No comments:
Post a Comment