जिवनको निश्चित आयुमा जब यो योगको स्ंयोग पर्न जान्छ सो पछि पैतृक धन सम्पति राज्यसत्ता आदिवाट बिमुख समेत हुनु पर्ने हुन्छ | स्वास्नी छोरा हरुको माध्यामबाट समेत पिडित प्रताडित भैरहनु पर्छ | निरर्थक अपजस सहित भडकिरहनु पर्ने हुन सक्छ।
श्री गणेशाय नम ! श्री मंगल मुर्तये नम : ज्योतिष शास्त्रमा योग भनेको के हो? भनिन्छ मन्दिरमा भोग, अष्पतालमा रोग र ज्योतिषमा " योग" को अत्यन्तै ठुलो महत्व हुन्छ | योग शब्दलाइ विस्तृत रुपले व्याख्या गरि रहनु पर्ने जरुरी पनि छैन | योग मिलनको पर्याय हो | दुइवटा अलग-अलग वस्तुको मिलन लाइ योग र बिछोड लाइ बियोग भनिन्छ | एक भन्दा धेरैप्रकारका ग्रहहरुको स्थितिको विशेष खाले ताल मेल लाइनै "योग" भनिन्छ। योगका आधारमा गरिएका भविष्यवाणिहरु धेरै बैज्ञानिक र सटिक हुन्छन "योग" नै फलित ज्योतिषको आधार स्तम्भहो यदि योगलाइ बुझ्न थोरै पनि त्रुटी भयो भनेपनी सम्पुर्ण फलित ज्योतिषको स्थम्भनै धरासायी हुन् पुग्छ | त्यसैले "योग" बिना फलित ज्योतिषको कल्पना पनि गर्न सकिदैन।
वस्तुत ज्योतिष शास्त्रका दुइ पाटा हरु छन : प्रथम गणित, दोश्रो फलित- गणित एउटा गणनात्मक प्रकृयाहो जसको स्थान क्याल्कुलेटर र कंप्युटरले लिइसकेका छन त्यसैले मान्छेको महत्व पनि विसर्जित भैरहेकोछ किनभने कंप्युटरले मानिशले भन्दा छिटो छरितो र सुक्ष्म भन्दा सुक्ष्म गणितको समाधान गरिदिन्छ | ज्योतिशको सबैभन्दा चमत्कारी र रोचक पक्ष चाँही फलित हो | कंम्पुटर आजसम्म फलादेश गर्न पुर्ण सफल भएको छैन किनकी फलादेश अनुभवगम्य चिज हो | त्यसैले कंम्पुटर संग मेमोरी शक्ती भएपनी अनुभव भने छैन।
फलादेशको सत्यता इस्वरिय कृपामा अवलम्वित छ | ज्योतिषमा इशोरिया कृपा अनिवार्य छ | यसै वाट ज्योतिषको शुगन्ध फैलिन छ अन्यथा शुगन्ध नभएको पुष्प बरावर हुन्छ | इस्वरिय कृपा साधनाले मात्रै प्राप्ती हुन्छ, कलकारखाना मेशिनले साधना गर्न सक्दैनन किनकी ति निर्जिव छन त्यसैले कंम्प्युटर लगायतका मेशनरी साधनहरु मानिसका लागी सहायक भएपनी साध्य चाँही होइनन।
हाम्रा पुर्वज ऋषी-मुनि हरुद्वारा प्राचिन ग्रन्थ हरुवाट "योग" हरुको संकलन गरेर ब्यावाहरिकतामा ढाल्दै यसको सत्यताको परिक्षण समेत गरि सकिएको छ ।
(१) केमद्रुम योग-: यो ज्योतिष शास्त्रको पौराणिक र अति दुर्लभ ग्रन्थ मानसागरिमा भनिएकोछ कि केमद्रुम भवती पुत्र कलत्र हिनो ।
" देशान्तरे वज्रती दुख समाभी तप्त।।
ज्ञाती प्रमोद निरतो मुखर:कु चैलो।
निच:सदा भवती भिती युत शिचरायु:।।
योगे केमद्रुमे प्राप्ते यस्मिन कश्मिश्री जातके।
राजयोगा विनश्यती, हरि दुष्वां यथा द्विपा:।। "
अर्थात जव चन्द्रमा कुनै पनि अन्य ग्रहवाट युक्त हुदैन चन्द्रमाबाट द्वितिय तथा द्वादस स्थानमा पनि कुनै ग्रह बस्दैन र कुनैपनी शुभ ग्रहले चन्द्रमालाइ हेरि रहेक हुदैन भने केमद्रुम "योग "बन्न जान्छ | जन्मपत्रीका सयकणौं राज्योग र मंगलकारी योग बने पनी एउटा केमद्रुम "योगले" एउटा सिंहले सहर्ष हात्तिको समूहलाइ भगाइ दिए जसरि सबै खाले राजयोगलाइ नष्ट गरिदिन्छ त्यसैले भनिन्छ यो योग दुखको मुल हो।
जिवनको निश्चित आयुमा जब यो योगको स्ंयोग पर्न जान्छ सो पछि पैतृक धन सम्पति राज्यसत्ता आदिवाट बिमुख समेत हुनु पर्ने हुन्छ | स्वास्नी छोरा हरुको माध्यामबाट समेत पिडित प्रताडित भैरहनु पर्छ | निरर्थक अपजस सहित भडकिरहनु पर्ने हुन सक्छ।

No comments:
Post a Comment